जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १४:०८

काठमाडौं उपत्यकामा भोलीदेखि लगाउने भेरोसेल खोप कस–कसलाई र कहाँ–कहाँ ?


काठमाडौं, साउन १३

काठमाडौं उपत्यकामा भोलिदेखि कोभिडबिरुद्धको खोप भेरोसेल दिने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाले उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ ललितपुर र भक्तपुरमा यसअघि छुटेका ५५ बर्ष माथिका सबै व्यक्तिलाई र अत्यावश्यक सेवामा खटिने सबैलाई कोभिडविरुद्धको पहिलो डोज भेरोसेल दिने तयारी गरेको हो ।

काठमाडौंमा यसअघि पनि ५५ बर्षमाथिकालाई खोप दिइएको भएपनि उक्त उमेर समूहका सबैले खोप पाएका थिएनन् । विभागका खोप शाखाप्रमुख डा. झलक गौतमका अनुसार सुरुमा ५५ बर्षमाथिकालाई दिईने र त्यसपछि उमेर समूह घटाउँदै लैजाने योजना छ । चीनबाट खरीद गरिएको ४० लाख मध्ये पछिल्लो साता २४ लाख डोज भेरोसेल खोप आएको थियो । सो खोप आएपछि अभियान पुनः सञ्चालन गर्न लागेको हो ।