जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १६:२०

टोकियो ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान


काठमाडौं, साउन १३ । नेपालकी पौडीवाच गौरिका सिंहले जापानमा जारी टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । टोकियो एक्वेटिक सेन्टरमा आज गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहनुभयो । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गर्नुभएको हो ।

यस अघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । १८ वर्षिया ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेल्नुभएको थियो । गौरिकाको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती सकिएको छ । मंगलबार एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए । हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।