जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १८:२३

माधवनिकट सांसदले मन्त्रीकै लागि देउवालाई भोट दिएको खुलासा


काठमाडौं, साउन १३ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरुले तत्कालै सरकारमा जान ‘एमाले वरिष्ठ नेता’ माधवकुमार नेपाललाई दवाव दिएका छन । नेता नेपालले आज प्रतिनिधिसभाका २२ सांसदसँग गर्नुभएको छलफलमा यस्तो दवाव आएको हो ।

आफ्नै समुहका दोस्रो तहका अधिकांश नेताहरु पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिएपछि माधवले काउन्टर दिन एमालेमाथि गद्धारी गरेका सांसदसँग छलफल गर्नुभएको हो । सो क्रममा सवै सांसदले देउवा सरकारमा गइहाल्नु पर्छ भन्दै एमालेमा फर्कने कुरा नगर्न माधवलाई दवाव दिएका हुन । ‘तत्कालै देउवा सरकारमा सहभागी हुनुपर्छ, यस्तो मौका कहिल्यै आउँदैन, एमाले फर्कने कुरा नगर्नाेस कमरेड,’ माधवलाई अधिकांश सांसदको सुझाव थियो । छलफलमा नेता नेपालले पनि आफू सरकारमा जाने लाइनमै रहेको तर आफ्नैले धोका दिएको गुनासो गर्नुभएको थियो ।

साहना प्रधान स्मृति प्रतिष्ठानको हलमा भएको छलफलमा सहभागी सांसदहरुले कार्यदलमा रहेका आफ्नो समुहका सवै नेताहरुले माधव नेपाललाई धोका दिएर अध्यक्ष केपी ओलीलाई सहयोग गरेको आरोपसमेत लगाएका छन । ‘अव ती धोकेवाजहरुको कुरा सुन्नुपर्ने जरुरत छैन, हामी तपाईको साथमा छौं, अरु पनि ल्याउँछौं, अव ढिला नगरी सरकारमा जानुपर्छ,’ बैठकमा नेपाललाई दिएको सुझाव उधृत गर्दै एक सांसदले जनताटाइम्ससँग भने । ती सांसदका अनुसार नेता नेपालले आफू पनि सरकारमा जाने निश्कर्षमा रहेको र सोहीअनुसार काम भइरहेको जानकारी गराउनु भएको छ ।