जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १६:२१

आज देशभर थपिए ३३६५ कोरोना संक्रमित, १४ जनाको मृत्यु


काठमाडौं, साउन १४ । नेपालमा आज ३३६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २३३५ जना र एन्टिजेन परीक्षणबाट १०३० जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा १४ हजार २४२ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ५५५ र एन्टिजेन परीक्षण ४ हजार ६८७ भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १३७३ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म पिसिआर विधिबाट ६ लाख ९० हजार ६४२ जना र एन्टिजेन ५९ हजार ३८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ । कोरोना मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज काठमाडौं उपत्यकामा ८६० जनालाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको विवरण अनुसार काठमाडौं जिल्लामा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् ।