काठमाडौं, साउन १५ । एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियूले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दार्चुला सदरमुकाम आइरहेका नेपाली नागरिहकलाई तुईन काटेर महाकालीमा बेपत्ता बनाएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
अनेरास्वबियूका अध्यक्ष ऐन महरले बिज्ञप्ती जारी गर्दै सो घटना अत्यन्तै क्रुर रहेको भन्दै तत्काल आफ्नो धारणा सार्वजनिक गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ । दार्चुला सदरमुकाम आउने क्रममा आज ब्यास गाउँपालिका २ मालघाटमा महाकाली नदी तर्ने क्रममा एसएसवीले तुईन काटिदिँदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । अनेरास्वबियूको अध्यक्ष महरले सो घटना निकै क्रुर र भारतको चरम बदमासी भन्दै कडा आक्रोश पोख्नुभएको छ ।
‘दार्चुला जिल्लामा पर्ने ब्यास गाउँपालिका २ मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसवीले तुइन काटिदिँदा ३५ बर्षीय नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको खवरले निकै दुखित, मर्माहत एवं आक्रोशित तुल्याएको छ । यो क्रुर र आपराधिक घटनाको अनेरास्व्बियू केन्द्रीय कमिटी घोर निन्दा र भत्र्सना गर्दछ,’ महरले बिज्ञप्तीमा भन्नुभएको छ । सो घटनाको बिषयमा सरकारले कुनै चासो नलिएको भन्दै महरले आपत्तिसमेत जनाउनु भएको छ ।
‘के नेपाली जनताले सधै नै भारतको ज्याद्धती र दादागिरी सहेर बस्नुपर्ने हो ? उस्को अगाडि निरिहता, लघुताभाष बोध गर्नुपर्ने हो ? खोई हाम्रो स्वाधिनता, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गरेको ? भारतको लागि बनेको कम्फर्टेवल सरकार किन मुकदर्शक बनेर बसेको छ ?’ अध्यक्ष महरले बिज्ञप्तीमा भन्नुभएको छ, ‘आफ्ना नागरिकको जीवन रक्ष ागर्ने कर्तब्य र जिम्मेवारीबाट बिमुख हुने छुट यो सरकारलाई छ ? अनेरास्वबियू यो सरकारलाई गम्भीर प्रश्न् गर्दछ । तत्काल दोषीमाथि कारवाही र पीडित पक्षलाई क्षतीपुर्तिको ब्यवस्थ ागर्न अनेरास्वबियू गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

प्रतिक्रिया दिनुहोस्