जनता टाइम्स

१ असार २०७६, आईतवार १५:१४

अब्बल कार्यबाहक प्रधानमन्त्री पोखरेल : टुट्न दिएनन प्रधानमन्त्री ओलीको भरोसा


काठमाडौं, असार १

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट आज मात्रै स्वदेश फर्कनुभएको छ । युरोपको ९ दिने भ्रमणमा निस्कनुअघि उहाँले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पनुभयो । ओली नेतृत्वको सरकारमा प्रधानमन्त्रीपछिको बरियतामा रहनुभएका उपप्रधानमन्त्री ओलीले यसअघिको कार्यबाहक प्रधानमन्त्रीको भन्दा निक्कै अब्बल भुमिका निर्वाह गर्नुभयो ।

अघिल्लो पटक प्रधानमन्त्री बिदेश भ्रमणमा गएको बेला मिडिया काउन्सिल सम्बन्धी बिद्येयक आयो । बिधेयकमा रहेका केही त्रुटीका कारण स्वस्थ आलोचना र चरित्रहत्यालाई एउटै डालोमा राख्ने काम भयो भन्दै पत्रकार आन्दोलित बने । त्यसबेला कार्यबहाक प्रधानमन्त्री पोखरेलले खासै चासो राख्नुभएन । यसपटक भने उहाँले प्रधानमन्त्री ओलीका असली फलोअरका रुपमा आफूलाई उभ्याउनु भएको छ ।

कार्यबाहक प्रधानमन्त्रीको रुपमा उहाँले भौतिक पूर्वाधारमन्त्री? यातायात बिभागका पदाधिकारीसहित गृहसचिवलाई समेत निर्देशन दिएर बढाइएको भाडा फिर्ता गर्ने निर्णय लिनुभयो, प्रधानमन्त्री मुलुक बाहिर रहेको बेला भएको जनबिरोधी निर्णयलाई खारेज गर्न लगाउनु भयो

पोखरेलले मिडिया काउन्सिल बिद्येयकको बिषयमा संसदीय कानूनमन्त्री भानुभक्त ढकाल, सञ्चारमन्त्री गोकुल बाँस्कोटासहित कानून निर्माण र मिडिया क्षेत्र हेर्ने पार्टीका नेता राखेर सम्पादकहरुसँग सम्वाद गर्नुभयो । सरकारले सुन्दै सुनेन, टेर्दै टेरेन भनेर बिज्ञप्ती निकाल्दै राजनीतिक दलको नेताको भुमिकामा देखिएका सम्पादकहरुले राहत महसुस गरे । आफ्नो कुरा दिल खोलेर राखे । मिडिया क्षेत्रको आवाज सरकारले सुन्यो भन्दै सरकारबिरुद्ध जाइलाग्ने मनस्थितिबाट बाहिर निस्किए ।

यहीबीचमा ओली सरकारको चर्काे बदनाम हुने सार्वजनिक यातायातको भाडा बृद्धिमा पनि कार्यबाहक प्रधानमन्त्री पोखरेलले साँच्चीकै नेताको भुमिका निर्वाह गर्नुभयो । भौतिक पुर्वाधार मन्त्रालयले यातायात बिभागलाई प्रधानमन्त्री नै देश बाहिर रहेको बेला भाडा बढाउन अनुमति दियो । दिउसो निर्णय हुनसाथ पोखरेलले जनबिरोधी निर्णय फिर्ता गराउन भुमिका निर्वाह गर्नुभयो । उहाँले फ्रान्समा रहनुभएका प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग छलफल गरेर तीन घण्टामै फिर्ता लिने निर्णय गर्नुभयो ।

‘कार्यबाहक प्रधानमन्त्रीको रुपमा उहाँले भौतिक पूर्वाधारमन्त्री? यातायात बिभागका पदाधिकारीसहित गृहसचिवलाई समेत निर्देशन दिएर बढाइएको भाडा फिर्ता गर्ने निर्णय लिनुभयो, प्रधानमन्त्री मुलुक बाहिर रहेको बेला भएको जनबिरोधी निर्णयलाई खारेज गर्न लगाउनु भयो,’ नेपाल सरकारका एक मन्त्री भन्छन । ती मन्त्रीका अनुसार भाडा बढेको जानकारी पाउन साथ उहाँले यो निर्णय फिर्ता हुन्छ, अगाडि नबढनु भन्ने निर्देशन भौतिक पुर्वाधारमन्त्री रघुबीर महासेठसहित मन्त्रालयका पदाधिकारीलाई दिनुभएको थियो ।

कार्यबहाक प्रधानमन्त्रीका रुपमा पोखरेलले निर्वाह गरेको यो भुमिका र निर्णय प्रधानमन्त्री ओलीकै स्पिरिटमा भएको देखियो । निर्णय क्षमता छ भन्ने प्रमाण त्यो एउटै कामले देखाइदियो । यस्तै गुठी बिद्येयकमा पनि पोखरेलले नेतृत्व लिनुभयो

कार्यबहाक प्रधानमन्त्रीका रुपमा पोखरेलले निर्वाह गरेको यो भुमिका र निर्णय प्रधानमन्त्री ओलीकै स्पिरिटमा भएको देखियो । निर्णय क्षमता छ भन्ने प्रमाण त्यो एउटै कामले देखाइदियो । यस्तै गुठी बिद्येयकमा पनि पोखरेलले नेतृत्व लिनुभयो । प्रधानमन्त्री ओली स्वदेश फर्कनु अगावै उहाँले गुठी बिद्येयक सच्याउने प्रतिवद्धता जनाउनु भयो । जनभावनाबिपरित गएर बर्तमान सरकारले कुनै काम नगर्ने र गुठी बिद्येयकलाई सवैको सहमतिमा मात्रै अघि बढाउने कार्यबाहक प्रधानमन्त्री पोखरेलले घोषणा गर्नुभयो ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्केलगत्तै पोखरेलकै भनाईलाई समर्थन गर्नुभयो । प्रधानमन्त्री ओलीले बिद्येयकमा कुनै गल्ती भएको भए सच्याएर मात्रै अघि बढाउने घोषणा बिमानस्थलबाट गर्नुभएको छ । यी सवै घटनाले यसपटक कावा प्रधानमन्त्रीको भुमिकामा पोखरेल अब्बल देखिनुभएको हो ।