जनता टाइम्स

१६ श्रावण २०७८, शनिबार १५:५२

स्वास्थ्य खोप : सहायक सीडीओको संयोजकत्वमा छानविन समिति गठन, प्रतिवेदन बुझाउन दिइयो एक हप्ता


काठमाडौं, साउन १६ । विर्तामोडको टाइमलेस होटलमा खोपसहित नगरका फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन भएको छ । जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज चन्द्रगढीमा बसेको बैठकले सहायक प्रजिअ तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं. हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहनुभएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकमा समितिले सो घटनाको यथार्थ छानविन गरी सात दिनभित्र प्रतिवेदन दिने निर्णय गरेको छ ।