जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १७:३३

तुइन प्रकरणमा खेलकुद महासंघले भन्यो-दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति देउ


काठमाडौं, साउन १७ । दार्चुलाको ब्याँस गाउँपालिका २ को मालघाटमा महाकाली नदीमाथि तुइन तरेर भारत तर्फ जाने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उक्त तुइन काटीदिँदा तुइनसँगै ३३ वर्षीय जय सिंह धामी नदीमा बेपत्ता भएको घटना अमानविय र आपत्तिजनक रहेको नेपाल खेलकुद महासंघले जनाएको छ ।

एसएसबीको जवानहरुबाट भएको यस्तो क्रुर, अमानविय अपराधिक घटनाले हामी स्तब्ध, दुखीत र मर्माहत भएको जानकारी महासंघले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । ‘यस्तो क्रुर तथा अमानविय अपराधिक घटनाको नेपाल खेलकुद महासंघ घोर निन्दा तथा भत्र्सना गर्दछ। सीमा क्षेत्रमा हुने गरेका यस किसिमका ज्यादती र दुव्र्यवहार तत्काल अन्त्य हुनु जरुरी छ, जसका लागि अविलम्ब कुटनैतिक पहल गर्नका लागि महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

महासंघले घटनाको निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो वास्तविकता सार्वजनिक गर्न माग समेत गरेको छ । त्यस्तै महासंघले बेपत्ताको खोजी गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत विज्ञप्ति मार्फत माग गरेको छ ।