जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १३:३४

स्वास्थ्य राज्यमन्त्रीले गरे सरकारी सुविधा नलिने घोषणा


काठमाडौं, साउन १८ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गर्नुभएको छ । सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो ।

उहाँले मन्त्री पदमा रहँदासम्म सुरक्षाकर्मी बाहेक अरु सुविधा नलिने र हालसम्म संग्लग्न रहेको व्यावसायिक संस्थाबाट बाहिरिनेसमेत बताउनुभएको छ । श्रेष्ठको शिक्षा, स्वास्थ्य, जलविद्युत लगायतका क्षेत्रमा लगानी छ । श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो।