जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १७:०३

बढ्यो संक्रमण, १३ हजार ८११ नमुना परीक्षण गर्दा ३१२५ मा कोरोना पुष्टि, उपत्यकामा थपिए ७७०


काठमाडौं, साउन १८ । नेपालमा आज ३१२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २२७९ जना र एन्टिजेन परीक्षणबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा १३ हजार ८११ नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर परीक्षण १० हजार ६१३ र एन्टिजेन परीक्षण ३ हजार १९८ भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं उपत्यकामा ७७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जनालाई संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९२५ जना कोरोनामुक्त भएका छन् ।

कोरोनाबाट २३ जनाको मृत्यु भएको छ । हालसम्म पिसिआर विधिबाट ६ लाख ९९ हजार ६४९ जना र एन्टिजेन ६२ हजार ७८३ विधिबाट जनामा कोरोना पुष्टि भएको छ । कोरोना मुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ ।