जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १९:०९

ईपीएल : काठमाडौंको कप्तानीमा सन्दीप लामिछाने


काठमाडौं, साउन १८ । सन्दीप लामिछानेले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ को कप्तानी गर्ने भएका छन् । काठमाडौंले आज सामाजिक संजालबाट राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिईएको जनाएको हो । सन्दीप यसै सिजनका लागि काठमाडौंमा आबद्द भएका हुन् ।

सन्दीप तेस्रो संस्करणमा ललितपुर प्याट्रीयट्समा आबद्द थिए । चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । यस पटक काठमाडौंबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन् । काठमाडौंले ४४ वर्षीय अफ्रिदीले चौंथो संस्करणको ईपीएल खेल्ने घोषणा गरिसकेको छ ।