जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार २२:४५

पुरुषले यौन शक्तिलाई सक्रिय बनाउन ध्यान दिनैपर्ने प्रमुख ५ कुरा


तौल नियन्त्रण गर्ने

मोटो पनि होइन दुब्लो पनि हैन शरीर ठिक्कको हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । किनकी मोटो व्यक्ति अर्थात बढी तौलले एस्ट्रोजन तथा टेस्टोस्टेरोनको स्तरमा प्रभाव पार्छ । तसर्थ उचाई अनुसार तौल व्यवस्थापन गर्ने ।

धुम्रपान त्याग्ने

धुम्रपानले पुरुषको प्रजनन् क्षमतामा ह््रास ल्याउने मात्र हैन यसले वीर्य उत्पादनमा समेत कमी ल्यााउने विशेषज्ञहरुले बताएका छन् ।त्यसैले धूमपान छोडनु राम्रो हुन्छ । त्यसो त धुम्रपान जसले गर्छ उसले मुटुको रक्तनलिमा अवरोध उत्पन्न भई रगत प्रभाहमा कमी हुनजान्छ फलस्वरुप व्लडप्रेसर आफसेआफ बढछ् । त्यसको असर यौनजीवन र प्रजनन् कार्यमा समेत देखिन्छ ।

स्टीमबाथ कम गर्ने

हप्तामा एक दिन तातोपानीमा बाफ लिएर नुहाउनु ठिक हो तर ४० डिग्री सेल्सीयस वा त्यो भन्दा बढी तातो पानी वा सौनामा नुवाउने वा बस्ने गर्नुहुन्छ भने तपाईँको शुक्राणु (अण्डा)हरुमा क्षति पुग्छ ।

नियमित रुपमा व्यायाम गर्ने

नियमित रुपमा व्यायाम गर्नाले मोटोपनाको साथै तनाव समेत घटछ् । जसले शरीर स्वस्थ र फुर्तिलो हुन्छ । जो स्वस्थ र फुर्तिलो हुन्छ उसको शुक्राणु अर्थात बीर्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ । अर्थात शुक्रकिटको परिमाण र गुणस्तर समेत उत्तिकै राम्रो हुन्छ । मोवाइल धेरैबेरसम्म पकेटमा नराख्ने

मोवाइल वा ल्यापटम धेरैबेरसम्म आफ्नो खल्तीमा राख्नुहुँदेन । यसमा आउने विकिरणको सिधा असर पुरुषको अण्डकोष वा शुक्राणु उत्पादन गर्ने ग्रन्थीलाई गर्छ । उत्पादित शुक्रकिटमा क्षति पुरयाउछ

टाइट अन्डरवयर नलगाउने

यदि तपाईँको अन्डरवेर वा पाइन्ट टाइट छ भने अण्डकोषको ग्रन्थीले प्रयाप्त शुक्रकिट उत्पादन गर्न सक्दैन् । तपाईँलाई यदि लामोसमयसम्म बसि रहनुपर्छ भने टाइट अण्डरवेर वा पाइन्ट नलगाएको राम्रो ।