जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार ०७:२१

३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक : चीनको अग्रता कायमै


एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक जापानमा जारी छ ।
टोकियोमा जारि ओलम्पिकको १२ औं दिनको खेल सकिदा २ सय ४३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो ।

चीनले ३२ स्वर्ण पदकसहित कुल ७० पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण पदकसहित कुल ७९ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको जापानले २१ स्वर्णसहित कुल ४० पदक जितेको छ ।

ग्रेट ब्रिटेन १५ स्वर्णसहित ४८ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलियाले १५ स्वर्णसहित कुल ३६ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै रसियन ओलम्पिक कमिटिले १४ स्वर्ण जित्दा जर्मनीले ८ स्वर्ण जितेको छ । फ्रान्स, न्युजिल्याण्ड, नेदरल्यान्ड्स, इटाली र दक्षिण कोरियाले ६र६ स्वर्ण हात पारेका छन् ।
क्युवाले ५ स्वर्ण जित्दा हंगेरी, क्यानडा, ब्राजिल र चेक रिपब्लिकले /र४ स्वर्ण तथा पोल्याण्ड, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन् ।दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, जमैका, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् । त्यस्तै २७ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन् ।