जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार ०८:१७

दार्चुला घटनामा सरकार र चारपूर्वप्रधानमन्त्रीले कम्फर्टेवल बाटो रोजेको बिष्णु रिजालको ठहर


काठमाडौं, साउन २१ । एमाले नेता बिष्णु रिजालले भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली युवालाई महाकालीमा बेपत्ता बनाएको घटनामा चुप लागेर प्रधानमन्त्री शेरबहादुर देउवासहित चार पूर्वप्रधानमन्त्रीहरुलाई आपत्तिजनक ब्यवहार प्रदर्शन गरेको बताउनु भएको छ । रिजालले आज सामाजिक सञ्जालमार्फत जेठ २० गते हावादारी आशंकामा बिज्ञप्ती निकाल्ने देउवासहित माधवकुमार नेपाल, पुष्पकमल दाहाल, प्रचण्ड, झलनाथ खनाल र डा. बाबुराम भट्टराईमाथि खनिनु भएको हो ।

यस्तो छ रिजालको धारणा

सर्वोच्च अदालतबाट आफ्नो पक्षमा परमादेश नआउला कि भनेर शेरबहादुर देउवाले चार पूर्वप्रधानमन्त्रीहरुलाई साथमा लिएर ‘विदेशी हस्तक्षेप’को चेतावनी दिँदै २०७८ जेठ २९ गते वक्तव्य निकाल्नुभएको थियो । उहाँको इच्छा पूरा भएपछि भारतीय सुरक्षाकर्मीले तुइन काटेर जयसिंह धामीको हत्या गरेको सात दिन बितिसकेको छ । तर, यस जघन्य घटनाका बारेमा न उहाँको सरकार बोल्छ, न पूर्वप्रधानमन्त्रीहरुको संयुक्त वक्तव्य नै आउँछ । हावादारी आशंकामा वक्तव्य, वास्तविक घटनामा मौनता ? यही हो विदेशी हस्तक्षेपसँग लड्ने ‘कम्फर्टेबल’ तरिका !