जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १०:२८

..तब पो हार्छ केपीको प्रतिगमन !



काठमाडौं, साउन २१ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेर १७ लाख भूमिहीनमाथि बज्र प्रहार गरेपछि सामाजिक सञ्जालमा तीब्र बिरोध भएको छ । जिल्ला जिल्लामा प्रदर्शन पनि सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भन्दै देउवा सरकारले भूमिहीनमाथि रिस पोखेपछि जताततै बिरोधको आवाज घन्किएको छ ।

देउवा सरकारको यो अपराधपूर्ण कामको सामाजिक सञ्जालमा कवितामार्फत पनि बिरोध भएको छ । त्यहीमध्ये सामाजिक सञ्जालमा बाबुराम काफ्लेले लेख्नुभएको यो कविता सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । यस्तो छ कविता

ढालीदेउ धरहरा
भत्काइदेउ रानीपोखरी
थुन्देउ सुरुङको प्वाल
भताभुङ्ग पार पोखरा र लुम्बिनी एअरपोर्ट

कोचिदेउ मेलम्चीको सुरुङमा माटो
उक्काइदेउ सडकका पिच
काटिदेउ अपर तामाकोसीको तार
सबै केपी कै पालामा भएका हुन नि

बनाइदेउ न सबै सबै बेहाल
तब पो हार्छ के केपीको प्रतिगमन
तब पो हुन्छ अग्रगमन
तब पो उल्टिन्छ त सबै