जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १७:१५

बढ्दो मृत्युदर, आज थपिए ३९३८ कोरोना संक्रमित, ३७ जनाको मृत्यु, उपत्यकाका १०७५ मा पुष्टि


काठमाडौंं, साउन २१ । आज देशभर ३९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ३००७ जना र एन्टिजेन परीक्षणबाट ९३१ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा जम्मा १८ हजार ४०८ नमुना परीक्षण भएको थियो उक्तमध्ये पीसीआरबाट ११ हजार ८७० र एन्टिजेन परीक्षण ६ हजार ५३८ भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २०१२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट आज ३७ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ८ हजार ९७ जना र एन्टिजेन ६५ हजार ७८१ विधिबाट जनामा कोरोना पुष्टि भएको छ । कोरोनामुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ९९४ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाका तीन जिल्लामा १०७५ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं जिल्लामा ७६६ जना, भक्तपुरमा १४६ जना र ललितपुरमा १६३ जना नयाँ संक्रमित पुष्टि भएको हो ।