जनता टाइम्स

२२ श्रावण २०७८, शुक्रबार १९:१३

सबै परीक्षा स्थगित गर्न स्वास्थ्यद्वारा सीसीएमसीमा सिफारिस


काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले केही समयअघि सामाजिक सञ्जाल ट्विटमार्फत सो जानकारी दिनुभएको हो ।

कोभिड–१९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड(१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु ।’