जनता टाइम्स

२३ श्रावण २०७८, शनिबार १५:१४

कक्षा १२ को परीक्षा स्थगित


काठमाडौं, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

बढ्दै गएको कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । स्थगित परीक्षा पुन‍ः सञ्चालन गर्नुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ ।