जनता टाइम्स

२९ श्रावण २०७८, शुक्रबार १५:१६

एपोनको अध्यक्षमा प्रज्वल, उपाध्यक्षमा महेश, सन्तोष, महासचिवमा विप्लव


काठमाडौं, साउन २९ । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन हुनुभएको छ । आज सम्पन्न २७ औँ अधिवेशनबाट पाण्डे सर्वसम्मित रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि अध्यक्षमा नारायण बहादुर क्षेत्री हुनुहुन्थ्यो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको हो ।

यस्तै, सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक चयन हुनुभएको संघले जनाएको छ । दुई-दुई बर्षमा नयाँ पदाधिकारी चयन हुने एपोनमा ६६ जना सदस्य छन् ।