काठमाडौं, साउन २९ । नेपाल खेलकुद महासंघले प्रदेश नं १ का सामाजिक बिकास मन्त्री उषाकला राईसंग भेटघाट गरेको छ । आज भएको भेटघाट कार्यक्रममा महासंघले समसामयिक विषयमा छलफल गरेको छ । भेटमा खेल, खेलाडी, खेलमैदान, प्रशिक्षकहरुको हक हित र अधिकारलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको केन्द्रिय उपाध्यक्ष प्रभात बिक्रम कटुवालले जानकारी दिनुभयो ।
महासंघको पहलकदमीमा प्रदेश–१ का खेलाडी तथा प्रशिक्षकहरुलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था मिलाउने र क्रमशः खेलाडीहरुको समस्यालाई समाधान गर्दे जाने मन्त्री उषाकला राईले प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष कटुवालका अनुसार केन्द्रिय अध्यक्ष रमेशकुमार पौडेलको नेतृत्वमा, वरिस्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, केन्द्रिय उपाध्यक्ष तथा प्रदेश–१ का इन्चार्ज कटुवाल, सह–इन्चार्ज सन्तोष बान्तावा राई, सचीव बासु नेपाल, स्थायी कमिटी सदस्य सन्तोशी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्