जनता टाइम्स

३० श्रावण २०७८, शनिबार ०७:०८

नयाँ सिजनको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २-० ले पराजित


काठमाडौं, साउन ३० । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नयाँ सिजन हारबाट शुरूवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २-० ले पराजित भएको हो ।ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एकरएक गोल गरे ।

जितसँगै ७४ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा सुखद सुरुवात गरेको छ । उसले तीन अंक जोडेको छ ।