जनता टाइम्स

३० श्रावण २०७८, शनिबार १५:१४

पारश खडकालाई प्रधानमन्त्री बधाई, सरकार सधै साथ रहने प्रतिवद्धता


काठमाडौं, साउन ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट क्षेत्रलाई नयाँ उचाईमा पुर्याएको भन्दै क्रिकेटर नेपाली टिमका पूर्वकप्तान पारश खडकालाई बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटपछि परशसँगको तस्विरसहित सामाजिक सञ्जाल ट्वीटरमा राखेर प्रधानमन्त्री देउवाले बधाई दिनुभएको हो ।

दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारश खडकालाई धन्यवाद,’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ । क्रिकेटर खडकाले हालसालै क्रिेटबाट सन्याश लिनुभएको थियो ।

प्रधानमन्त्रीदेउवाले नयाँ योजनामा सरकारको साथ रहने भन्दै सफलताको कामना गर्नुभएको छ । ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ,’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।