नुवाकोट, साउन ३१ । माधव नेपाल पक्ष पार्टीका काममा नफर्किएपछि नेकपा एमाले नुवाकोटले जिल्ला नेताहरूको कार्य विभाजन गरेर पार्टी कामलाई अघि बढाएको छ । शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले माधव समुहबिनै २६ वटा विभागसहित जनवर्गीय संगठन र स्थानीय तहको नेतृत्व तोकेको हो ।

एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा बसेको बैठकमा वागमती प्रदेशका सहइन्चार्ज काशिनाथ अधिकारी र वागमती प्रदेशका आन्तरिक मामिला मन्त्री केशवराज पाण्डेसमेत उपस्थित हुनुहुन्थ्यो । बैठकले पार्टीका सबै संरचनाहरूको पुनर्गठन गरेको छ । जसअनुसार प्रचार विभाग प्रमुखको ज्म्मिेवारी माधवप्रसाद तिवारीले पाउनु भएको छ ।
यस्तो छ नयाँ कार्यबिभाजन













प्रतिक्रिया दिनुहोस्