जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार ०७:१७

पवनदीप राजन बने इन्डियन आइडल


काठमाडौं, साउन ३२ । गायक पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जित्नुभएको छ । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर आइतबार भएको फाइनलमा राजनले बाजी मार्नुभएको हो ।

उहाँले सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै अवार्ड हात पार्नुभयो । २४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो ।

राजन गायनमा मात्र नभएर वाद्यवाधनमा पनि उत्तिकै पोख्त हुनुहुन्छ। उहाँ गितार, ढोलक, तबेला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउनु हुन्छ। नेपाली भाषामा समेत राजनले गाएको गीत निकै चर्चित रहेको छ ।