जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार ०९:३६

परमादेशबाट लुटिएको जनादेश चुनावले फिर्ता गराउनेछः शंकर पोखरेल


काठमाडौं, साउन  ३२ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले आउने चुनावले ‘परमादेशबाट लुटिएको जनादेश फिर्ता गर्ने’ दावी गर्नुभएको छ । लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उहाँको टिप्पणी छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले उक्त कुराको दावी गर्नुभएको हो । विपक्षीहरु परमादेशबाट सरकारमा पुगेको भन्दै उहाँले कटाक्ष गर्नुभएको छ । पोखरेलले सामाजिक संजालमा लेख्नुभएको छ , ‘नेपाली राजनीति केपी ओली पक्ष र विपक्षमा विभाजित छ । परमादेशवाट विपक्षीहरु सरकारमा पुगेका छन् । तर आउने चुनावले परमादेशवाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ । किनकि लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै हो ।’