जनता टाइम्स

२ असार २०७६, सोमबार १४:००

गुुठी विधेयकमा देखिएका समस्याका विषयमा प्रधानमन्त्री छलफलमा व्यस्त


काठमाडौं ।

गुठी विधेयकका बारेमा देखिएको भ्रम र समस्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफललाई तिव्रता दिनु भएको छ । उहाले आज काठमाडौं उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा मेयरहरुलाई बोलाएर छलफल गर्दै हुनुहन्छ ।

विधेयकका प्रावधानलाई लिएर काठमाडौं उपत्यकामा विरोध भएपछि कसरी अगाडी बढ्ने र छरिएका भ्रमलाई कसरी चिर्ने भन्ने बारेमा छलफल गर्ने बताइएको छ । सबै सांसद र मेयरसँग अपरान्ह तीन बजे सिहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल डाकिएको हो ।

विधेयकका प्रावधानले सदियौंदेखि चल्दै आएको धर्म संस्कृति एवं परम्परालाई प्रहार गरेको भन्दै फिर्ता लिन माग भइरहेको छ। युरोप भ्रमणबाट फर्किने क्रममा प्रधानमन्त्री ओलीले विधेयकका व्यवस्थाले समस्या पर्ने भए त्यसलाई सच्याउन सरकार तयार रहेको बताईसक्नु भएको छ ।