जनता टाइम्स

१ भाद्र २०७८, मंगलवार १४:२८

अध्यादेश बोकेर राष्ट्रपति भेटन शीतलनिवास पुगे प्रधानमन्त्री देउवा


काठमाडौं, भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शितलनिवासमा पुग्नुभएको छ । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुभएको हो ।

बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास जानुभएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।