काठमाडौं, भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसी पक्षबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट छलफल सुरु भएको हो । छलफलमा डा. केसीका तर्फबाट ६ जनाको टोली रहेको छ ।
डा. केसीले ५ बुँदे माग राख्नुभएको छ । उहाँले आफ्ना ५ बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिनुभएको थियो । डा. केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्