काठमाडौं, भदौ २ । न्यूजिल्यान्डमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि देशभर लकडाउन गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेब्रुअरीपछि पहिलोपटक संक्रमण समुदायस्तरमा कोरोना देखिएपछि प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले लकडाउन घोषणा गर्नुभएको हो ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री आर्डेनले तीव्र संक्रामक रहेको डेल्टा भेरियन्ट हुन सक्ने अनुमान गरिएको बताउनुभयो । यद्यपि त्यसको पुष्टि हुन भने बाँकी छ । मुलुकको सबभन्दा ठुलो सहर अकल्यान्डमा खोप नलगाएका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो । ती व्यक्तिले हालै न्यूजिल्यान्डका विभिन्न स्थानमा भ्रमण गरेको बताइएको छ ।
न्यूजिल्यान्डमा एक वर्षअघि कडा लकडाउन गरिएको थियो । उसले विभिन्न प्रतिबन्ध लगाएर कोरोना फैलिनबाट रोकेको थियो । त्यसैले न्यूजिल्यान्ड कोरोनाका कारण कम क्षति हुने मुलुकमा पर्छ ।
प्रतिक्रिया दिनुहोस्