काठमाडौं, भदौ २ । काठमाडौं उपत्यकामा एस्ट्राजेनेकाको पहिलो मात्रा खोप भोलिदेखि लगाइंदैछ । यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा एष्ट्रेजेनेका दिइएको थियो । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार महानगरसहित ९ वटा नगरपालिकामा १४ वटा खोप केन्द्र तोकिएको छ । उहाँले विद्यतुीय दर्ता अनिवार्य गरि स्वास्थ्यका मापदण्ड पालना गरेर खोप कार्यक्रम चलाउन नगरपालिकाहरुलाई भनिएको बताउनुभयो ।
यी व्यक्तिहरुले पाउनेछन्
- विश्व विद्यालय तहको परीक्षा दिन प्रवेशपत्र लिएका विद्यार्थी,
- नयाँ संसद भवन निर्माणमा संलग्न कर्मचारी र मजदुरहरु,
- वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिहरु,
- मृगौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने र गरेका व्यक्तिहरु,
- अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीहरु,
- रिह्याब सेन्टरमा रहेका व्यक्ति र सो स्थानमा कर्मचारीहरु,
- औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारी र मजदुरहरु,
- माइती नेपालले संरक्षणमा राखेका महिला तथा किशोर किशोरीहरु,
- सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार र ३० वर्ष वा सो भन्दा माथि उमेरका नागरिकहरु,
अहिले पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्राको सुनिश्चित गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्