जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १९:१०

अध्यादेशले नेपालको प्रणालीलाई प्रतिगमन तर्फ धकेलेको छ : महासंघ अध्यक्ष रमेशकुमार पौडेल


काठमाडौं, भदौ २ । नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले देउवा सरकारले ल्याएको अध्यादेशले नेपालको प्रणालीलाई प्रतिगमनतर्फ धकेलेको बताउनुभएको छ । उक्त अध्यादेशको विरोध गर्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेट अगाडि भएको भेलामा अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । राजनीतिक दल सम्बन्धि ल्याइएको अध्यादेशको विरोधमा नेपाल खेलकुद महासंघले राजधानीमा विरोधसभाको आयोजना गरेको हो ।

विरोध कार्यक्रममा खेलाडी तथा नेकोसका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको भन्दै समग्र राजनीतिक प्रणाली प्रतिगमनतिर ढल्किएको हुँदा तत्कालको लागि नेकपा एमाले विभाजन गर्न प्रेरित अध्यादेशको खाल्डोमा भोलि कांग्रेस र माओवादी पर्ने निश्चित भएकोले तत्काल अध्यादेश फिर्ता गर्न सुझाउनुभयो । महासंघले देशैभरी आन्दोलन तथा विरोधका कार्यक्रम शुरु गरेको छ ।