जनता टाइम्स

२ भाद्र २०७८, बुधबार २३:०८

माधव नेपालको पार्टीको केन्द्रिय सदस्यमा मेरो सहमती छैन : सांसद खनाल


काठमाडौं, भदौ २ । चितवनका प्रदेश सभा सदस्य कृष्ण खनालले माधव कुमार नेपाल नेतृत्वको एमाले समाजबादीको केन्द्रिीय सदस्यमा आफु नरहेको बताउनुभएको छ । नेकपा एमालेको नेपाल पक्षले आज नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा दिएको निवेदनमा केन्द्रिय सदस्यको रुपमा कृष्ण खनालको पनि नाम समावेश गरेपछि उहाँले आफू नरहेको प्रष्ट पार्नुभएको हो ।

उहाँले आफू नेकपा एमालेमा नै रहेको जनाउनुभएको छ । उहाँले भन्नुभयो,‘एमाले समाजबादी पार्टीको केन्द्रिय सदस्यमा मेरो सहमती छैन । म एमाले मै छु ।’ खनालसंगै चितवनका केशवलाल श्रेष्ठ र सिता बस्यालको नाम केन्द्रिय कमिटीमा समावेश गरिएको छ ।सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि आज आयोग पुगेर माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिनुभएको थियो ।