काठमाडौं, ६ भदौ । मुलुकभर आज जनैपूर्णिमा धुमधामका साथ मनाइँदैछ । जनैपूर्णिमाका दिन रक्षाबन्धन बाँध्ने परपम्परा रहँदै आएको छ । तागाधारीहरु नदी किनारा तथा शिवालयमा गएर जनै फेर्ने र रक्षाबन्धन लगाउने गर्छन् । जनै नलगाउनेहरु गुरूपुरोहितबाट रक्षाबन्धन लगाउने परम्परा छ ।
तराई मधेशमा जनैपूर्णिमाका दिन दिदीबहिनीहरुले दाजुभाइहरुलाई राखी बाँधेर सुस्वास्थ्य र दीर्घायूको कामना गर्ने चलन छ ।आज बिहानैबाट नदी किनारा र शिवालयहरुमा भीड लागेको छ । काठमाडौंको पशुपतिनाथसहित मुलुकभरको शिवालयमा जनै र रक्षाबन्धन लगाउनेको भीड लागेको हो ।न्युज कारखाना













प्रतिक्रिया दिनुहोस्