जनता टाइम्स

७ भाद्र २०७८, सोमबार १०:१३

आठ महिनाकी छोरीसहित दम्पतीले गरे आत्महत्या


झापा, भदौ ७ । झापा कन्काई नगरपालिका एकै परिवारका तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यलय झापाका एसपी सानुराम भट्टराईका अनुसार झुण्डिएर आत्महत्या गर्नेमा ३४ बर्षीय रविन बिक, उहाँकी श्रीमती वर्ष २९ की मुना बिक र आठ महिनाकी छोरी रुविना बिक छन् ।

प्रहरीका अनुसार घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको शव फेला परेका छन् । प्रहरीले पहिला बच्चालाई झुण्ड्याएर बिक दम्पत्ति झुण्डिएको हुन सक्ने अनुमान गरको छ ।