काठमाडौं, भदौ ८ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार पारेको छ । अध्यष माधवकुमार नेपालले चन्द्रागिरि हिल्स रिसोर्टमा दुवै दस्तावेज बितरण गर्नुभएको हो ।
प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो। नेपाल नेतृत्वको पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद नै रहेको छ । ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो,’ घोषणापत्रमा भनिएको छ।
पढनोस पूर्णपाठ













प्रतिक्रिया दिनुहोस्