जनता टाइम्स

९ भाद्र २०७८, बुधबार ०८:५१

ओलम्पियन पौडीबाज गौरिकालाई कोरोना संक्रमण


काठमाडौँ, भदाै ९। ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिनुभएको हो ।

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै काेराेन संक्रमण भएकाे हाे ।

गौरीकाका अनुसार उहाँ हाल आइसोलेशनमा बस्नुभएको छ । ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’ लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेख्नुभएको छ।