काठमाडौं, भदौ ९ । माधव नेपाललाई साथ दिन निर्वाचन आयोग पुगे पनि संघीय संसदका तीन सांसद र चार जना केन्द्रीय सदस्य सनाखत नगरी फर्कनु परेको छ । माधव नेपाललाई साथ दिएर आयोग पुगे पनि ती नेताहरुले कानुनी अडचनका कारण दल विभाजनमा सनाखत गर्न नपाएका हुन । दल दर्ताको निवेदनका बेला उनीहरुको नाम र हस्ताक्षर नभएकाले सनाखत हुन नसकेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न नपाउनु भएको हो । माधव नेपालका सम्धी भएका कारण सोम पाण्डे एकीकृत समाजवादीमै लाग्ने भनेर आयोगमा गए पनि यसअघि निवेदनमा नाम नभएकाले सनाखत गर्न नमिल्ने भनेर आयोगले फर्काइ दिएको छ ।
त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेशसभा १ का प्रदेशसभा सदस्य राजन राई, केन्द्रीय सदस्य विक्रम शाही र रामप्रित पासवानको पनि आयोगले सनाखत गरेन । उहाँहरु एकीकृत समाजवादीको केन्द्रीय समितिमा छन् । दल बिभाजनमा निवेदन दिएकामध्य भाष्कर काफ्लेको पनि सनाखत हुन सकेन । काफ्ले आयोग नै नजानुभएको हो ।













प्रतिक्रिया दिनुहोस्