काठमाडौं, भदौ १० । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएको छ । वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्बसम्मत रुपमा चयन भएका हुनुभएको हो ।
उहाँलाई आजै प्रदेश १ को मुख्यमन्त्री बनाइँदैछ। आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो शपथग्रहण गर्ने अनौपचारिक जानकारी आएको पुष्टि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्