काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाने निर्णय गरेको छ । आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले दिनुभएको जानकारीअनुसार १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको हो ।
बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय पनि समेत गरेको छ । एमालेले भदौ १ गते नै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कार्वाही गरी संसद सचिवालयलाई जानकारी गराएको थियो । तर सभामुख सापकोटाले रोकेर राखेपछि एमाले कानूनी उपचारमा जानेनिर्णयमा पुगेको हो ।













प्रतिक्रिया दिनुहोस्