काठमाडौं, भदौ १० । नेपालमा आज २४३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २०५२ पीसीआर र ३८१ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९ हजार ७०२ नमुनाको पीसीआर परीक्षण र ४ हजार ६७२ एन्टिजेन गरी १४ हजार ३८४ गरिएको मन्त्रालयले जनाएको छ।
आजै १९२९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै आज २६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ । हालसम्म ७ लाख ५ हजार ८९३ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट नेपालमा अहिलेसम्म १० हजार ६३८ जनाले ज्यान गुमाएका छन् ।













प्रतिक्रिया दिनुहोस्