जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार २०:५७

काबुल बिमानस्थलमा बम विस्फोट, १३ जनाको मृत्यु


काबुल, भदौ १० । अफगानिस्तानको राजधानी काबुल बिमानस्थल बाहिर आत्मघाती बम बिस्फोट भएको छ । विष्फोटमा परी कम्तिमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।सार्वजनिक भएका तस्बीरमा केही मानिस घाइते अवस्थामा देख्न सकिन्छ । अमेरिकाले विष्फोटमा अन्तर्राष्ट्रिय आतंकबादी संस्था आइएसको हात हुन सक्ने जनाएको छ ।नेपालको परराष्ट्र मन्त्रालयका अनुसार काबुल बिमानस्थल बाहिर ४० भन्दा बढी नेपाली उद्दारको पर्खाइमा रहेका छन् ।