जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १५:५२

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश राणा बाहिरिने, अर्को शुक्रवारलाई पेसी तोकियो


काठमाडौं, ११ भदौ । संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बाहिरिनुहुने भएको छ । रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि राणा बाहिरिन लाग्नुभएको हो । यसबारेमा संवैधानिक इजलासका न्यायाधीशहरुबीच छलफल भएको थियो ।

प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको स्रोतले जनाएको छ । संविधान बमोजिम संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश रहने भएकाले पेशी तोक्ने र फैसला हुने दिन राणा सर्वोच्च अदालतमा अनुपस्थित हुने बताइएको छ । संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ ।