काठमाडौं, भदौ ११ । आज नेपालमा २०६५ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ११७ जनाको कोरोना परीक्षण हुँदा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २३ सय ३७ जना कोरोनामुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।
यसैबीच आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७१५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा ४५४, ललिपुरमा १६९ र भक्तपुरमा ९२ जनालाई संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार अहिले ३७ हजार ५९९ सक्रिय संक्रमित छन् जसमध्ये ६२२ जना आइसियु र १७१ जना भेन्टिलेटरमा उपचाररत छन् ।हालसम्म नेपालमा ८ लाख ३८ हजार ९४८ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ८ हजार ३० जना निको भएका छन् भने १० हजर ६६३ जनाको मृत्यु भएको छ ।













प्रतिक्रिया दिनुहोस्