जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १८:१०

माधव नेपालको साथ छाड्ने २ सांसद मन्त्रीमा नियुक्त


काठमाडौं, भदौ ११ ।  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गर्नुभएको छ । लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

उहाँहरुले शुक्रबारै सपथग्रहण गर्नुभएको छ ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्रीमा नियूक्त हुनुभएको छ भने तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियूक्त हुनुभएको हो ।

मन्त्रिमण्डल विस्तारका लागि शुक्रबार दिनभर छलफल भएको थियो । तर थप नाममा सहमति जुट्न नसकेपछि माधव समूह छाडेका दुई जनालाई मात्रै नियुक्त गरिएको हो ।