काठमाडौं, ११ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्शन झासहित जितेन्द्र मुखिया र सिद्धान्त लोहनीले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट काठमाडौं किङ्स–११ बाट खेल्ने भएका छन् । काठमाडौं किङ्स–११ ले सामाजिक सन्जाल मार्फत गुल्शन, जितेन्द्र र सिद्धान्तलाई अनुबन्ध गरेको जनाएको हो ।
गुल्शन पहिलो पटक राष्ट्रिय टिममा पर्दै हाल लिग टु सिरिजका लागि ओमानमा छन् । गुल्शनले यसअघि नेपाल पुलिसबाट घरेलु क्रिकेट खेलेका थिए । यस्तै ब्याट्सम्यान सिद्धान्त भने हाल राष्ट्रिय टोली बाहिर छन् । आर्मीका फास्ट बलर जितेन्द्रलेसमेत यो पटक काठमाडौंबाट खेल्नेछन् । जितेन्द्रलेसमेत राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् ।
राष्ट्रिय टिमकै लेगस्पीनर सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं किङ्स–११ ले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ । प्रतियोगिता असोज ९ बाट २३ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागीता रहेको छ । बिराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोज यो प्रतियोगिता खेल्नेछन् ।













प्रतिक्रिया दिनुहोस्