जनता टाइम्स

१२ भाद्र २०७८, शनिबार १६:३९

आज थप १ हजार ८५७ जनामा कोरोना संक्रमण, २ हजार २२२ जना निको


काठमाडौँ, १२ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार १७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार ४०९ जनाको पिसिआर र ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार २२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ७ लाख १० हजार पुगेको छ। यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।हाल सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३।७ प्रतिशत रहेको छ।