जनता टाइम्स

३ असार २०७६, मंगलवार १७:५९

सरोकारवालासँग छलफल गर्न भन्दै सरकारद्धारा गुठी विधेयक फिर्ता


काठमाडौं ।

सरकारले सरोकारवालासँग छलफलका लागि गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिनु भयो ।

विधेयकका विषयमा विवाद नस्किएपछि सरोकारवाला आन्दोलनमा उत्रिएकाले सरकारले जनताको भावना अनुसार विधेयक फिर्ता लिएको हो । मन्त्री अर्यालले सरोकारवालासँग थप छलफल र परामर्श गर्ने उद्देश्यले विधेयक फिर्ता लिइएको प्रस्ट पार्नुभयो । विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्ने र शान्तिपूर्ण वातावरण खलबल्याउने परिस्थिति सिर्जना गरिएको भन्दै मन्त्री अर्यालले असन्तुष्टि समेत पोख्नुभयो ।