जनता टाइम्स

३ असार २०७६, मंगलवार २०:०६

संसदमा कांग्रेसले नाजायज माग राख्यो – वरिष्ठ नेता नेपाल


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा कांग्रेसले उठाएको माग नाजायज भएको बताउनु भएको छ । प्रधानमन्त्री भन्दा पहिला आफुले बोल्न पाउनुपर्ने प्रतिपक्षको माग नाजायज भएको टिप्पणी गर्नुभएको हो ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै नेता नेपालले प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परानुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ, त्यसपछि प्रतिपक्षीेले बोल्नुपर्ने बताउनु भयो । ‘सभामुखको रुलिङ पनि त्यही हो, त्यो कुरा पालना नगर्नाले गलत संसदीय नजीर बसाल्न खोजेको देखिन्छ’, नेता नेपालको भनाई थियो । संसदमा कांग्रेसले मंगलबार देखाएको व्यवहारको सर्वत्र आलोचना भईरहेको छ ।