जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार १७:३५

मिर्गौला प्रत्यारोपण गरेर फर्के झलनाथ खनाल


काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपाण गरेर आज स्वदेश फर्किनुभएको छ । भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल आज अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो । एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली जानुभएको खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।