जनता टाइम्स

१५ भाद्र २०७८, मंगलवार ०५:३७

माइग्रेनको समस्या छ ? यी हुन् टाउको दुखाईबाट बच्ने उपाय


काठमाडौं, भदौ १५ । सबै जनालाई प्रायः दैनिक टाउको दुख्ने समस्या हुन्छ । नभए पनि एक घरपरिवारमा एक जनालाई टाउकोको समस्या पाइन्छ । धेरैलाई टाउको दुखाई हुँदै माइग्रेन समेत हुन्छ । माइग्रेन यस्तो समस्या हो जुन महिनामा १५ दिनसम्म माइग्रेनको दुखाई रहन्छ । यसको रोकथामका लागि चिकित्सकहरु ‘क्रोनिक माइग्रेन प्रिभेन्सन मेडिकेशन’ को सुझाव दिन्छन् । माइग्रेनको रोकथामका लागि धेरै उपचारहरु छन् । यसका लागि चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ ।

चिकित्सकका अनुसार सामान्यतयाः मानिसहरु टाउको दुख्ने वित्तिकै आफखुसी पेन किलर किनेर खाने गर्दछन् । तर यस प्रकारको औषधी सेवनले स्वास्थ्यमा विस्तारै गम्भीर असर देखा पर्दछ । तर माइग्रेनको संसारमै अहिलेसम्म निको पार्ने औषधोपचार अध्ययनअनुसन्धान भएको छैन । यसलाई कम मात्र गर्न सकिने तर पूर्णरुपमा स्वस्थ भने गराउन नसकिने चिकित्सकहरु बताउँछन् ।

यस्तो समस्याको समाधान वा भनौं केही कम गर्न, दुखाई कम गर्नको लागि खानेकुरामा विशेष ध्यान दिन जरुरी छ । यसका साथै, माइग्रेनको समस्या कम गर्नका लागि परिवारको सहयोग लिन सकिन्छ । परिवारको सहयोगमा पर्याप्त आराम दिन्छ । साथै, पर्याप्त मात्रामा निदाउनु पनि माइग्रेनको उपचार हुनसक्छ । निन्द्रामा कमि भएमा माइग्रेनको दुखाई बढ्छ त्यसैले पर्याप्त रुपमा निदाउन र आराम गर्न आवश्यक छ ।

त्यस्तै माइग्रेन भएका व्यक्ति होहल्ला र उच्च आवाज भएको ठाउँमा नवस्न विज्ञहरु सुझाव दिन्छन् । जसले गर्दा माइग्रेनलाई बढाउँने हुँदा उनीहरु शान्त ठाउँमा बस्नुपर्छ । त्यस्तै यस्ता बिरामीले केही व्यक्तिहरुलाई पौष्टिक आहारको कमिले पनि माइग्रेनको दुखाई बढाउँछ । विशेषज्ञका अनुसार पौष्टिक आहारले शक्तिको मात्रा बढाउँछ । त्यसैले माइग्रेनको समस्या हुनेहरुले झोला, गाडी वा अफिसमा पौष्टिक आहार खानुपर्दछ ।

हुनसक्छ ब्रेन स्ट्रोक

अन्य व्यक्तिको तुलनामा माइग्रेनको समस्या हुने व्यक्तिलाई स्ट्रोकको खतरा दुई गुणा बढी हुन्छ । वैज्ञानिकहरुले जनाए अनुसार यो तथ्यले उनीहरुलाई स्ट्रोक प्रति संवेदनशीलतबारे अध्ययन गर्न थप सहायता मिल्छ । धुमपानका साथै दिनचर्यासित असम्बन्धित अस्वस्थ बानी पनि माइग्रेनको कारण बन्न सक्छ । र, माइग्रेनकेा समस्या भएका टाउकाको आधा भाग दुख्ने गर्छ, जसलाई गम्भीरता पूर्वक लिन निकै आवश्यक छ ।

माइग्रेन अट्याकबाट बच्न

सबैभन्दा पहिले यसलाई बढाउने कारण पहिचान गर्नुपर्छ । माइग्रेनको दुखाईलाई कहिल्यै बेवास्ता गर्नहुँदैन । व्यक्तिअनुसार केही दुखाई फरक हुने हुँदा कुन समयमा वा के खाएको समयमा माइग्रेनको दुखाई बढी हुन्छ उक्त कुरा पत्ता लगाउनुपर्छ । तेज गन्ध, पानीको कमि, मदिराको सेवन, धेरै तनाव आदि कारण माइग्रेनको समस्या हुनसक्छ । मौसम बदलिने वा अन्य कारण पनि टाउको दुख्छ त्यसैले समयमा नै कारण पत्ता लगाएर चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्योपचार गर्न जरुरी छ ।

घरेलु उपचार विधि

  • माइग्रेन भएमा हल्का हातले टाउको मालिश गर्नु पर्दछ । हातको स्पर्शबाट पाइने आराम औषधीको तुलनामा बढी प्रभावकारी हुन्छ । त्यसैले, माइग्रेनका कारण टाउको दुखेमा काँध तथा गर्दनको मालिस गर्नु पर्छ । यसले दुखाई कम गर्न राहत मिल्छ ।
  • एउटा तौलियालाई तातो पानीमा डुबाएर त्यही तौलियाले केही बेर दुखेको भागमा मसाज गरेको खण्डमा आराम मिल्छ । माइग्रेन भएमा वरफको टुक्रा पनि प्रयोग गर्न सकिन्छ ।
  • माइग्रेन भएमा सासको गतिलाई कम गर्नु पर्छ । किनकी लामो लामो सास फेर्नाले टाउको दुख्ने समस्या झन् बढ्न सक्छ ।
  • माइग्रेन भएमा कपूरलाई घ्यूमा मिलाएर हल्का हातले टाउकोमा मालिस गर्नाले पनि दुखाई कम हुने गर्छ ।
  • बटरमा मिश्री मिसाएर खानाले पनि माइग्रेनको समस्या कम हुने गर्छ ।
  • कागतीको बोक्रालाई पिसेर, यसको लेप निधारमा लगाउनाले पनि माइग्रेन ठीक हुनसक्छ ।
  • माइग्रेनमा आरोमा थेरापीले राहत दिनसक्छ । अरोमा थेरापीमा हर्वल तेलको प्रयोग गरिन्छ । यसमा हर्वल तेललाइ निश्चित प्रक्रियाद्धारा हावामा फैलाइन्छ र वाफका माध्यमद्धारा उक्त तेललाई अनुहारमा लगाइन्छ ।
  • माइग्रेनमा टाउको दुख्ने समस्या भएमा मन्द संगीत सुन्नु फाइदाजनक हुनसक्छ । मधुरो संगीत तथा धुनले मनलाई अन्तै मोड्नुका साथै दिमागलाई शान्त पार्छ ।